एजेन्सी । अमेरिकामा कोरोना भाइरस रोकथामका लागि अनिश्चितकालीन राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् । ट्रम्पले भनेका छन्के, केन्द्र सरकारको अधिकार प्रयोग गर्दै म आधिकारिक रुपमा राष्ट्रिय संकटकाल घोषणा गर्दछु’ तर उनले संकटकाल कहिले सम्म लागू हुन्छ भन्ने बारे स्पष्ट गरेनन्। ट्रम्पलाई भाइरस रोकथाम गर्न उचित कदम नचालेको आरोप लाग्दै आएको थियो। सम्बोधनका क्रममा उनले आफूले उक्त आरोपको खण्डन गरे।
ट्रम्पको यो घोषणासँगै अमेरिकाले कोरोना भाइरससँग जुध्न राज्य सरकार र स्थानय सरकारले ५० अर्ब डलर खर्च गर्न पाउने भएका छन्। यसका लागि केन्द्र सरकारले भाइरस प्रभावित राज्यहरुसँग सहकार्य गर्नेछ।
अमेरिकी तल्लो सदनमा समेत यस भाइरससम्बन्धी एक विधेयक प्रस्तुत हुँदैछ। जसमा सबैले नि:शुल्क रुपमा भाइरसको संक्रमण बारे परीक्षण गराउन सक्ने छन्। अमेरिकामा कोरोना भाइरसका कारण ४० भन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकामा मात्रै दुई हजारभन्दा बढीमा भाइरसको संक्रमण देखिएको छ।





























प्रतिक्रिया