काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई शुक्रबार गरेको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीले उनको प्रस्तावको स्वागत गर्दै उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गरेको प्रस्तावको पनि स्वागत गरेका छन् । उनले त्यसनिम्ति आफ्नो सरकार तयार रहेको बताए । भारतीय प्रधानमन्त्रीको प्रस्तावको पाकिस्तान र अफिगानिस्तानबाहेक सार्कका सबै सदस्य राष्ट्रले स्वागत गरेका छन् ।





























प्रतिक्रिया