सिड्नी ।
अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना (कोभिड १९) भाइरस संक्रमण भएको पुष्टि भएको छ । मन्त्री डट्टनले विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना भाइरस देखिएको पुष्टि गरेका हुन् ।
डट्टन गत मंगलबार सिड्नीमा आयोजित मन्त्रिपरिषद्को बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए।
बिहान ज्वराे देखिनुका साथै घाँटीमा समस्या अाएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।





























प्रतिक्रिया