कलंकी–धोबीखोला सडक खण्डको काम प्रभावित

कलंकी–धोबीखोला सडक खण्डको काम प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना संक्रमणका कारण कलंकी–धोबीखोला सडक खण्डको काम प्रभावित भएको छ । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको सो सडक खण्डको काम चिनियाँ टोली नआएका कारण प्रभावित भएको हो ।

सो सडकको काम सुरु गर्न चिनियाँ टोली यही फागुनमा आउने तयारीमा थियो । कोरोनाको संक्रमण फैलिए लगत्तै सरकारले आवतजावत नै बन्द गरेपछि चिनियाँ टोली तत्काल आउन नसक्दा काम प्रभावित भएको हो । चक्रपथको कोटेश्वर–कलंकी खण्ड पनि चीन सरकारले नै निर्माण गरेको थियो ।

कोटेश्वर–कलंकी सडकमा कुनै कमी कमजोरी नहुने गरी डिजाइन गरिएको छ । सो सडक खण्ड आठ लेनको रहने छ । जसमा मुख्य चार र सहायक चार गरेर जम्मा आठ हुनेछ ।

Skip This
Skip This
Logo