काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले सिंहदरबार गाउँ गाउँमा पुर्याउने नाममा केन्द्रको भ्रष्टाचार वडा वडामा पुगेकोे बताएका छन् ।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित राप्रपा र राप्रपा संयुक्त पार्टीबीचको पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
देशमा विकास र सुशासन ल्याउन देश संघीयतामा गएपनि अहिले भ्रष्टाचार स्थानीय तहमा पुगेको उनको भनाइ छ । उनले भने–‘ केन्द्रको सिंहदरबार स्थानीय तहसम्म पुर्याउँछौ भन्ने नेकपाले वडा वडामा भ्रष्टाचार पुर्यायो । ’
गत शनिबार पार्टी एकीकरण गर्ने आधारपत्रमा हस्ताक्षर गरेका राप्रपा र राप्रपा संयुक्तले बुधबार पार्टी एकता भएको औपचारिक घोषणा गरेका छन् ।





























प्रतिक्रिया