कोरोनाबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु

कोरोनाबाट जोगिन भन्दै मिसावटयुक्त रक्सी पिउँदा ३६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इरान ।

इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।

देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाजमा उक्त घटना भएको हो । प्राप्त समाचारका अनुसार “मिसावटयुक्त रक्सी पिउने अवस्था त्यसले कोरोना भाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको थियो।”

यसैवीच यस्तो रक्सि पिउने थप २७० जना उपचारका लागि अस्पताल भर्ना भएका छन् । त्यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको जनाइएको समाचारमा जनाइएको छ।

कोरोना भाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमै मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । इरानमा २४ घण्टामा धेरै मृत्यु भएको यो अहिलेसम्मकै उच्च सङ्ख्या हो। यससँगै इरानमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९१ पुगेको छ।

नयाँ सङ्क्रमण थप ८८१ जनामा देखिएसँगै इरानमा सङ्क्रमितको सङ्ख्या ८,०४२ पुगेको छ।
बीबीसी

Skip This
Skip This
Logo