विनोद चौधरीको सम्पत्ति साढे ३५ अर्बले घट्यो

विनोद चौधरीको सम्पत्ति साढे ३५ अर्बले घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला विश्वका अर्बपति व्यक्तिहरूको सूची तयार पार्दै आएको फोर्ब्स म्यागेजिनले आफूले तयार पारेको धनी व्यक्तिहरूको सूचि सार्वजनिक गरेको छ ।

फोर्ब्सका अनुसार विश्वका सर्वाधिक धनी मानिएका व्यक्तिहरूको सम्पत्ति घट्दै गइरहेको छ । चीनबाट फैलिएको कोराना भाइरस संक्रमणका कारण धनी व्यक्तिहरूको सम्पत्ति घटेको फोर्ब्सको दाबी छ । जेफ बेजोस अहिलेका पहिलो सर्वाधिक धनी व्यक्ति हुन् । उनको सम्पत्ति ५.६ अर्ब डलरले घटेको छ । त्यस्तै, बिल गेट्स दोस्रो धनी व्यक्ति हुन् । उनको सम्पत्ति ३.८ अर्ब अमेरिकी डलरले घटेको फोर्ब्सले जनाएको छ । फोर्ब्सले अधिकांश धनी व्यक्तिको सम्पत्ति घटेको जनाएको छ ।

त्यसैगरी नेपालका एकमात्र अर्बपति बिनोद चौधरीको सम्पत्ति पनि घटेको फोर्ब्सले जनाएको छ । व्यवसायी चौधरीको सम्पत्ती ३० करोड अमेरिकी डलरले घटेर उनी १६४९ औँ स्थानमा झरेका छन् । गत वर्ष उनी १३४९ औँ स्थानमा थिए । फोर्ब्सका अनुसार अहिले चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । गत वर्ष व्यवसायी चौधरीको सम्पत्ती १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएपछि चौधरीको सम्पत्ति भने यस वर्ष बाहेक हरेक वर्ष जसो बढ्दै गएको थियो । सन् २०१३ मा चौधरीको सम्पत्ति १ अर्ब अमेरिकी डलर थियो । फोर्बसले हरेक वर्ष मार्च महिनामा विश्वका सर्वाधिक अर्बपति व्यक्तिहरूको सूचि प्रकाशन गर्दै आएको छ ।

Logo