काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो विरोधमा प्रचण्ड-नेपाल समूहले गरेको जुलुसमा राष्ट्रपतिको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार काठमाडौंमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले गरेको जुलुसमा जस्तो रक्सी भट्टीमा पनि नबोल्ने बताए।
रक्सी भट्टीको बाटो हिँड्दा बेठिक बेठिक बोलेको सुने पनि प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो नबोलेको उनको भनाइ छ। उनले उनीहरुको सभ्यता नै त्यस्तै भएको टिप्पणीसमेत गरेका छन्।
‘रक्सी भट्टीमा पनि त्यस्तो बोलेको सुनेको छैन। बेठिक बेठिक त बोल्छन्। तर प्रचण्ड र माधव नेपालको जुलुसमा जस्तो बोल्दैनन्’, ओलीले भने, ‘उहाँहरुको सभ्यता त्यस्तो छ।’
ओलीले राष्ट्रको सर्वोच्च संस्थामाथि हिलो छ्याप्न लाज नमान्ने अचम्मको संस्कृति उनीहरुमाथि भएको आरोपसमेत लगाए। ‘राष्ट्रको सर्वोच्च संस्थामाथि हिलो छ्याप्न लाज नमान्ने अचम्मको संस्कृति छ’, ओलीले भने।
जनताको बीचमा जाने निर्णय कसरी लोकतन्त्र विरोधी ?
ओलीले जनताका बीचमा जाने निर्णय लोकतन्त्र विरोधी नभएको भन्दै आफ्नो संसद विघटनको निर्णयको बचाऊ गरेका छन्। ‘जनताका बीचमा जाने कुरो लोकतन्त्र विरोधी हुँदैन। हामीले ताजा जनादेशका लागि जाने कुरा गरेका छौँ’, ओलीले भने, ‘हन्डीडीबाट चलेका यी बिकाउ बोली हुन्। यी बिकाउ बोलीबाट न्याय प्रभावित हुन्छ भन्ने नठान्नुहोस्।’
प्रचण्ड र नेपाललाई कुहिएको फलको संज्ञा दिएका ओलीले डालोमा टास्न खोजेर नहुने बताए। ‘कुहिएको फललाई डालोमा टास्न खोजेर हुँदैन। त्यो झर्छ। चुनाव वैशाखमा हुन्छ। हुन्छ। यसमा भ्रम र अन्यौलमा पर्नु जरुरी छैन’, ओलीले भने।अन्नपूर्णबाट





























प्रतिक्रिया