सिँगटी हाइड्रोपावर निर्धारित समयमा पूरा नहुने

सिँगटी हाइड्रोपावर निर्धारित समयमा पूरा नहुने

केन्द्रबिन्दु
0
Shares

दोलखा ।
सिँगटी हाइड्रो पावरको हेडवक्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ ।

०७६ चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडका प्रतिनिधि कोरोना भाइरसका कारण चीनबाट नर्फकिँदा निर्धारित समयमा पूरा नहुने देखिएको हो ।

क्विङकाङ लिमिटेडका मुख्य चिनियाँ नागरिक नभए पनि एक जना चिनियाँ नागरिक कोरोना सङ्क्रमणको समयमा भियतनाम रहेकाले त्यो कम्पनीका सम्पर्कमा आएकाले ०७७ वैशाख महिनाभित्र विद्युत् उत्पादन गर्ने सिँगटी हाइड्रो पावर आयोजना प्रमुख मनहरि सापकोटाले बताए ।

सिँगटी हाइड्रो इनर्जीले निर्माण गरिरहेको दोलखा कालिञ्चोक र विगु गाउँपालिकासमेत भएर बहने सिँगटी खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको जलविद्युत् ‘सुपर सिक्स’ नामले परिचित छ वटा आयोजनामध्येको एक आयोजना हो । कूल १६ मेगावाट क्षमताको आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन पारित गराई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई निर्माण कार्य भइरहँदा आयोजनाको क्षमतामा वृद्धि भई २५ मेगावाट कायम भएको छ । कर्जा लगानी गर्ने बैंकमा सिभिल बैंकको अगुवाइमा सेञ्चुरी, प्रभु, सिद्धार्थ, मेघा, लुम्बिनी विकास, महालक्ष्मी विकास, कुमारी, जनता र देव विकास बैंक छन् । हाल आयोजनाको लागत पाँच अर्ब लाग्ने अनुमान गरिएको छ ।

टनेल निर्माण कार्य ९९ प्रतिशत समाप्त भएको छ । पावर हाउसको कार्य लगभग ७० प्रतिशत र विद्युतगृहभित्रको काम मेसिन जडानको काम ७० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख सापकोटाले जानकरी दिए । सापकोटाले भने “पाँच हजार ६०७ मिटर टनेलको काम पूरा भएको र टनेलभित्र फिनिसिङको काम ९९ प्रतिशत सकिएको छ ।

आयोजना सम्पन्न भएपछि १२ दशमलव ५ मेगावाट क्षमताका दुई जेनेरेटरमार्फत २५ मेगावाट विद्युत् उत्पादन गरिने आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए । उत्पादित विद्युतलाई सिँगटी बजारमा निर्माणाधीन सवस्टेशनमा लगी केन्द्रीय प्रशारणमा जोडिनेछ । आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्सट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, गरिरहेको आयोजनाले जनाएको छ ।रासस

Skip This
Skip This
Logo