सप्तरी ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा मोटरसाइकल र भ्यान ठोक्किँदा सोमबार दुई युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रकाश चौधरी र सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका–६ बस्ने २३ वर्षीय अनिल चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूवतर्फ आइरहेको स.५प ९५४५ नं.को मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना.३प. ८५२८ नं.को म्याजिक भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया