क्‍वारेन्टाइनमा रहेका मानिस बसेको होटेल भत्किँदा ६ जनाको मृत्यु

क्‍वारेन्टाइनमा रहेका मानिस बसेको होटेल भत्किँदा ६ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बेइजिङ । चीनमा क्‍वारेन्टाइनमा रहेका मानिसहरु बसेको होटल भत्किँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाको अवस्थाबारे अझै थाहा हुन नसकेकाे सिन्‍ह्वा समाजार एजेन्सीले जनाएकाे छ ।

चीनको फुजियान प्रान्तस्थित क्‍वानजु सहरमा क्‍वारेन्टाइनमा रहेका ७१ मानिसहरु बसेको होटल भत्किँएको हो । उक्त स्थानबाट दर्जनौंको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

उक्त होटल कसरी भत्कियो भन्‍ने खुल्न सकेको छैन । कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका मानिसहरुलाई उक्त होटलमा क्‍वारेन्टाइन गरिएको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

चीनको लुनार न्यु एयरदेखि उक्त होटलको पहिलो तला पुनर्निमाण सुरु गरिएको थियो । उक्क भवन मालिकलाई प्रहरीले सोधपुछका लागि बोलाएको सिन्‍ह्वा समाजार एजेन्सीले जनाएको छ ।

Logo