पोखरा ।
पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ ।
आज हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्न चाहन्छन् ।
विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ । मनाङले बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यस्तै झापाले विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया