प्रधानमन्त्रीले निर्वाचन गराएनन् भने जनताले उनलाई सडकबाटै हटाउने देउवाको चेतावनी

प्रधानमन्त्रीले निर्वाचन गराएनन् भने जनताले उनलाई सडकबाटै हटाउने देउवाको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय मान्नु पर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित विरोध सभामा बोल्दै सभापति देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरेपनि मान्नुपर्ने बताएका हुन्। अदालतमा विचाराधिन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना गर्न नहुने उनको भनाई छ ।

जुलुशको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्याई संवैधानिक मूल्य र मान्यता अनुसार निर्णय गर्ने उनले बताए ।

निर्वाचन भयो भने निर्वाचनमा जान नेपाली कांग्रेस तयार रहनुपर्ने उनले बताए । जनतामा जाँदा केही नबिग्रिने भन्दै सभापति देउवाले सर्वोच्च अदालतभन्दा ठुलो अदालत जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाई छ । देशमा कम्युनिष्ट शासनबाट मुक्ति पाउन र प्रजातन्त्रको रक्षाको लागि जनताको जानु पर्ने उनले बताए ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाई छ । निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने उनले बताए। प्रधानमन्त्री ओलीले निर्वाचन गराउने प्रतिवद्धता जनाएको भन्दै उनले निर्वाचन हुने विश्वास व्यक्त गरे । निर्वाचनमा सबै राजनीतिक दलले भाग लिने पनि उनको भनाई छ ।

Logo