काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई जागिरबाट निकालेको छ। विद्यालयले शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई कारवाहीस्वरूप जागिरबाट निकालिएको हो ।
शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन् । गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन्। परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन्।
उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् । विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताए। उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन् ।

शिक्षिका कर्माचार्यले पनि गल्ती स्वीकारेकी छन् ।































प्रतिक्रिया