काठमाडौं ।
२२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक रुपन्देही फुटबल संघले प्रेस विज्ञप्ति निकाल्दै चैत १ गते तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
विश्व ब्यापी फैलिएको कोरोना भाइरसका कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ । रुपन्देही देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहने बताइएको थियो ।

यस अघि प्रतियोगिताको विजेताले १० लाख ५० हजार प्राप्त गर्ने जनाइएको थियो । यस्तै उपविजेता टिमले ७ लाख ५० हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल अथवा स्कुटर पाउने आयोजकले जनायो । विधागततर्फका खेलाडीले जनही ३०–३० हजार प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया