सुनको मूल्यमा एकैदिन १८ सयले बृद्धि, कति पुग्यो आज ?

सुनको मूल्यमा एकैदिन १८ सयले बृद्धि, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन १८ सयले बृद्धि भएको छ ।  आज अहिले सम्मकै उच्च मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहिबार सुन ८० हजार ७०० सयमा कारोबार भएको थियो भने आज ८२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

बुधबार पनि प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर सुन ८० हजार ५ सयमा कारोबार भएको थियो । मंगलबार ७८ हजारमा कारोबार भएको सुनको मूल्य बिहिबारसम्म आउँदा २ हजार ४ सयले बढेको थियो । आजको मूल्य हालसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ८९० रुपैयाँ कायम गरिएको छ ।

Logo