ब्राजिलका पूर्वफुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन् । बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो उनका भाइ रोबेर्टोसँगै पक्राउ परेका हुन्।
नक्कली कागजात बनाई दक्षिण अमेरिका छिरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयलाई उदृत गर्दै गोल डट कमले जनाएको छ।
एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट छैन। सन् २०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट जफत गरिएको थियो। सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाइएको थियो।
ब्राजिलको उच्च अदालतले उनलाई देश छाडेर जान निर्देशन दिएको थियो।































प्रतिक्रिया