कुन उमेर समूहलाई कोरोनाको जोखिम कति ? (भिडियोसहित)

कुन उमेर समूहलाई कोरोनाको जोखिम कति ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर कोभिड १९ अर्थात कोरोना भाईरसको प्रकोप फैलिएको छ । यो भाइरसबाट बुधवारसम्म ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ । तर यो भाइरसको संक्रमण बालबालिकामा भने न्युन छ ।

कोभिड १९ (नोबल कोरोना भाईरस) ले जन्मेदेखि ९ वर्षका बालबालिकालाई भने असर पारेको छैन । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययन अनुसार हालसम्म कोरोना भाईरसको कारण जन्मेदेखि ९ वर्ष उमेरसम्मका बालबालिकाको मृत्यु नभएको पुष्टी गरेको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले कोभिड १९ अर्थात् कोरोना भाईरस लागेका ७० हजार मानिसको विवरणको आधारमा तथ्याङ्क सार्वजनिक गरेको छ । तथ्याङ्कमा जन्मेदेखि ९ वर्षसम्मका बालबालिकामा न्युन संक्रमण देखिए पनि कसैको मृत्यु भने भएको छैन । अनुसन्धानका बेलासम्म विश्वभर ७७ हजार मानिसमा संक्रमण भई २ हजार ७ सय मानिसको मुत्यु हुँदा ९ वर्षसम्मको एकजना पनि बालबालिकाको मृत्यु भएको छैन ।

१० देखि ३९ वर्षसम्मको उमेर समुहको मृत्युदर भने ० दमलव ०२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । बालबालिकामा कोरोनाको प्रभाव किन कम हुन्छ भन्ने कुनै यकिन तथ्य भने सार्वजनिक भएको छैन । तर वयस्कहरुको तुलनामा बालबालिकाहरुमा फरक किसिमको रोग प्रतिरोधात्मक क्षमता एउटा कारण हुनसक्ने वुहानका चिकित्सकहरुले बताउँदै आएका छन् ।

शुक्रराज ट्रपिकल अस्पतालका चिकित्सक शेरबहादुर पुनले उक्त तथ्याङ्कमा ९ वर्ष मुनीका बालबालिकामा भाइरसको असर नदेखिएकाले बालबालिका जोखिममा नरहेको बताए । यद्यपि, यसको मतलब बालबालिकामा कोरोना भाईरसको सक्रमण हुदैन भन्ने होइन । बालबालिकामा पनि कोरोना भाईरसको संक्रमणका कारण निमोनियको लक्षण देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले विज्ञलाई उदृत गर्दै समाचार सम्प्रेषण गरेका छन् । तर, बलियो रोग प्रतिरोधात्मक क्षमताका कारण कोरोनाले वयस्कलाई जस्तो बालबालिकालाई प्रभाव पार्न सकेको छैन ।

अहिलेसम्म बालबालिकामा जोखिम नदेखिए पनि अनुसन्धान भइरहेको र आगामी दिनमा प्रभाव पार्न सक्छ कि भनि अनुसन्धान भइरहेकाले सजकता अपनाउन भने सुझाएका छन् । विगतमा कोरोना भाईरसको परिवारको रुपमा रहेको सार्स, मर्स जस्ता संक्रमणको असर पनि बालबालिकामा कम देखिएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा बढी ४८ वर्ष उमेर समुहका रहेका छन् । बुधवारसम्म विश्वभर ९४ हजार जनामा संक्रमण देखिएको छ भने ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५१ हजार जना निको भएर फर्किएको तथ्याङ्क छ । भिडियोमा :

Skip This
Skip This
Logo