काठमाडौँ ।
नेपालका लागि हुन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०२०’आयोजना गर्ने भएको छ ।
आगामी शुक्रबार र शनिबार गोकर्ण गल्फ क्लबमा टुर्नामेन्ट आयोजना गर्ने भएको छ । गोकर्णमा हुने टुर्नामेन्टमा १८ होलमा फोल्ड फम्र्याटमा ३ वाई ४ ह्यान्डी क्यापमा खेलाइने भएको छ ।
गल्फ टुर्नामेन्टमा नेपालका १३० गल्फर्सको सहभागिता रहने छ भने यसमध्येबाट टाईटल विनर, फस्ट रनरअप, सेकेन्ड रनरअप, वेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर ६० वर्ष माथिको र जुनियर विनर १७ वर्ष मूनिको छनोट हुनेछन् ।
टुर्नामेन्टको होल इन वान विजेतालाई उपहार स्वरुप एक थान हुन्डाई आई १० (म्याग्ना) गाडी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।





























प्रतिक्रिया