कोरोना त्रासका कारण फ्रान्समा हुन लागेको दीपिकाको फेसन विक रद्द

कोरोना त्रासका कारण फ्रान्समा हुन लागेको दीपिकाको फेसन विक रद्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

फेसन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन औधि रुचाउने बलिउड अभिनेत्री दीपिका पादुकोणले फ्रान्सको राजधानी पेरिसमा आयोजना भइरहेको पेरिस फेसन विकमा सहभागी हुने कार्यक्रम भने रद्द गरेकी छिन्।

पछिल्लो समयमा कोरोना भाइरस प्रकोपबाट विश्व नै त्रसित भइरहेको अवस्थामा दीपिकाले पनि आफ्नो फ्रान्स यात्रा रद्द गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फेसन ब्राण्ड लुई वितोको निमन्त्रणामा फ्रान्स प्रस्थान गर्ने तयारी गर्दै गर्दा उनले कार्यक्रम रद्द गरेकी हुन् । उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा फ्रान्समा कोरोना भाइरस फैलिइरहेका कारण दीपिकाको कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

Skip This
Skip This
Logo