आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ जेल चलान (भिडियोसहित)

आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ जेल चलान (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।

अदालतले  सजाँय भुक्तानका लागि उनलाई झुम्का जेल पठाएको छ । जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले ‘सिद्धबाबा’लाई जेल पठाएको जानकारी दिए ।

उच्च अदालतले गत माघ ९ गते  पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी भारत फरार भएका थिए । उनलाई अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला अदालत, सुनसरीले १६ मंसिरमा उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो ।
गिरी मंसिर १६ गते पक्राउ परेका थिए । उनीमाथि गत कात्तिक ४ गते महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको छ ।

Logo