उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा ५० व्यक्तिको मृत्यु

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा ५० व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नाइजेरिया ।

उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणहरूमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतहरूका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउँमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए । उक्त क्षेत्रबाट नाइजेरियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद जैयद इब्राहिमका अनुसार गाउँलेको हत्यापछि गाउँमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए ।

लुटेराहरूले स्थानीय दर्जनौँ घरहरूमा आगजनीसमेत गरेको पनि बताइएको छ । नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेहरूको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेहरूको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताए।

केरावाले भने, “हामीले ५१ जनाको शनाखत गरेका छौँ । घटनामा घाइते भएका दर्जनौँ मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक सङ्ख्या बढ्नसक्ने देखिएको छ ।” एजेन्सी

Skip This
Skip This
Logo