गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ ।
पूर्वकानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सचिवालयमा मस्यौदा दर्ता गरेका हुन् ।

सांसदहरुको विशेषाधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले गाँजा खेती गर्न पाउने उल्लेख छ । तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानहरुको संगै समग्र मुलुकको आर्थिक विकासमा यसले सहयोग पुग्ने बताए । गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उनले बताए ।

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपालमा पनि यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनले बताए । अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेको छ । कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने उनले बताए ।

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना यसको प्रयोग गर्न भने नपाउने बताए ।

Logo