काठमाडौँ ।
सनराइज बैंकले मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गरेको छ ।
बैंकले मोबाइल बैंकिङ सेवामार्फत ग्राहकलाई नयाँ सुविधा तथा छोटो समयमा धेरै ग्राहक बढाएको भन्दै सो अवार्ड दिइएको हो । मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकशर्मा पौड्याललाई सो अवार्ड हस्तान्तरण गरेका हुन् ।
यो अवार्ड डिजिटल भुक्तानीका लागि हालै स्थापित गरिएको हो । स्थापना भएसँगै सनराइज यो अवार्ड प्राप्त गर्ने पहिलो बैंक भएको छ ।





























प्रतिक्रिया