नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।   एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । यस नतिजासँगै नेपाल एसिया कप छनोटकाे अघिल्लो चरणमा जान झिनो अंक गणितीय सम्भावना मात्रै बाँकी छ ।

जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा अल आउट हुँदै १ सय ११ रनमा समेटियो । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।

ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले पराजित हुन पुगेको हो ।

पारस खड्कालाई एहसान खानले आठौं ओभरको पाँचौ बलमा ४ रनमा एलबिडब्लू आउट गरे । एहसान खानको नवौं औं ओभरको पाँचौ बलमा खराब सट खेल्दै दीपेन्द्र सिंह ऐरी ८ बलमा ५ रन जोड्दै विकेटकिपर स्कर्ट स्टेपनबाट क्याच आउट भए । अफ्ताब हुसेनको ११ औं ओभरको अन्तिम बलमा पवन सरार्फ ठूलो सट खेल्नेक्रममा जेम्स जोहनबाट १ रनमा क्याच आउट भए ।

विनोद भण्डारी पनि खराब सट खेल्दै ५ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो । ज्ञानेन्द्र मल्ल १५ औं ओभरको तेस्रो बलमा ४६ रनमा स्टम्पिङ आउटभएसँगै नेपालको जितको सम्भावना सकिएको थियो । अभिनाश १२, आरिफ शेख १० र करण केसी ७ रनमा आउट भए ।

हङकङका अफ्ताब हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हारुन मोहम्मद अशरदले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपाललाई स्पिनरहरुले उत्कृष्ट प्रर्दशन गर्दै राम्रो पुनरागमन गराएका थिए । रन दिए ।

Skip This
Skip This
Logo