काठमाडौं ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।
गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ । त्यसैले पनि उनलाई अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा समेत लिने गरिन्छ ।
शालिन कुटनीतिको छवि बनाएका पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो । क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखकाृ रुपमा प्रतिनिधित्व गरेका थिए ।































प्रतिक्रिया