प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेका छन् : विजुक्छे

प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेका छन् : विजुक्छे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सबभन्दा बढ्दा भ्रष्टाचार सिंहदरवारमा भएको र प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको बताएका छन् । बासु माध्यमिक विद्यालय र बासु कलेजको वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले सूचना मन्त्री भ्रष्टाचारमा परेपछि प्रधानमन्त्रीले पनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

अध्यक्ष रोहितले हरेक मन्त्रीको कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने जीकिर गरेका छन् । उनले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै अन्यत्र भए मन्त्रीहरू भ्रष्टाचारमा मुछिएपछि संसद चल्न नदिने तर्क राखे  । । पदमा पुगेपछि नेताहरूमा सत्तामात चढ्ने भएकोले प्रतिपक्षको व्यवस्था हुने गरिए पनि  प्रमुख प्रतिपक्षले आफ्नो भूमिका निर्वाह नगरेको विजुक्छे ले बताए । अध्यक्ष विजुक्छेले सङ्घीयताका सिद्धान्तअनुसार स्थानीय निकायलाई स्वायत्त हुनुपर्ने भन्दै केन्द्रबाट नगरपालिका र गाउँपालिकामा कर्मचारी पठाउनु गलत भएको समेत बताए ।  उनले  मातृभाषाबाहेक भोजपुर, मैथिली, राजवंशी, थारुलगायत देशको एक राष्ट्रिय भाषा विद्यार्थीलाई सिकाउनुपर्ने भन्दै स्थानीय निकाय खटिने कर्मचारीले स्थानीय भाषा जानेको हुनुपर्ने बताए  ।

चिनियाँ क्रान्तिपछि नेता माओत्सेतुङले नेताको जन्मदिन नमनाउने, कुनै ठाउँको नाम नेताको नाममा नराख्ने, भाषण लामो नगर्नेजस्ता आचारसंहिता लागू गरेको भन्दै अध्यक्ष रोहितले प्रधानमन्त्री ओलीको घरमा गरिने जन्मदिनमा गरिएको कार्यशैली उपयुक्त नभएको बताए ।

Logo