त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला पुन: प्रत्यारोपण हुँदै

त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला पुन: प्रत्यारोपण हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला पुन: प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रत्याराेपणका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए । सचिवालयले प्रधानमन्त्रीकाे सफल प्रत्याराेपणकाे शुभकामना दिएका छन् ।

१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलासिस भइरहेको अवस्थामा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् । नेपालमा  ८ अगस्ट २००८ बाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो । पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियाे ।

नेपालमा अहिले त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्याराेपण केन्द्र, ग्रान्डी इन्टरनेसनल, निदान र सुमेरु सामुदायिक अस्पतालले प्रत्यारोपण सेवा दिइरहेका छन्  ।

Skip This
Skip This
Logo