समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : कांग्रेस नेता कोइराला

समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : कांग्रेस नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

मोरङ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताएका छन् ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा शनिबार आयोजित पूर्वविधार्थी भेलामा उनले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिए। उनले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राखेका थिए ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय वि.सं २००९ मा स्थापना भएको हो ।

Skip This
Skip This
Logo