आजदेखि गण्डकी प्रदेशमा स्काउट आधारभूत तालिम सुरु

आजदेखि गण्डकी प्रदेशमा स्काउट आधारभूत तालिम सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शुक्रबारबाट प्रदेशस्तरिय स्काउट आधारभूत तालिम गण्डकी प्रदेशमा सुरु भएको छ । नेपाल स्काउटको झण्डा फहराएर यसै प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले तालिमको उद्घाटन गरे । केहि समय अघि प्रदेश १ र ५ मा पनि यस किसिमको तालिम सम्पन्न भइसकेको नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई बताएका छन् ।

 

 

स्काउट मास्टर्स बन्न आएका व्यक्तिहरु अब जिम्मेवार नागरिक बन्ने, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यिनै युवाहरुले पूरा गर्ने , नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताए ।

गण्डकी प्रदेशका ८६ स्थानिय तहबाटै आएका ३ सय ९१ मध्ये २२८ महिला र १४३ पुरुषहरु, आजबाट ६ दिनको तालिममा सहभागी भएका छन् । स्काउट आधारभूत तालिम दिन देश भरका विभिन्न जिल्लाबाट ६८ जना कोर्ष लिडर र काउन्सिलर उपस्थित भएका छन् ।

गण्डकी प्रदेशका हरेक स्थानिय तह र विद्यालयमा स्काउटको तालिम पु¥याउने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको योजना छ । यसका लागि आउँदो आर्थिक वर्षमा बजेट छुट्याउन सहयोग गर्ने र नेपाल स्काउटसँग सहकार्य गर्ने उनले बताए ।

 

नेपाल स्काउटको सन् २०२३ सम्ममा ३ लाख १५ हजार स्काउट सदस्य बनाउने उद्देश्य रहेको छ । यसका लागि देशै भरका स्थानीय तहहरुमा स्काउट युनिट विस्तार भइरहेका छन् ।

 

Skip This
Skip This
Logo