काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको आरोप लगाएका छन् ।
बाग्मती प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भएपनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए । ‘पार्टीका विभिन्न कमिटिमा बसेका छन् ।
भिन्न कमिटिबाट सञ्चालित छन् । विभिन्न कमिटिका नेताहरु छन् । लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन् । त्यो कुनै महान काम होइन् । त्यस्ता कुरा पार्टीले समयक्रममा मुल्याङ्कन गर्छ’, उनले भने । हेरौं भिडियोमा :





























प्रतिक्रिया