एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदालिन सक्ने छन।

यो अफर फागुन १५ गते बिहीबारदेखि लागू हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएकाे छ । याे अफरका लागि *१७१०६# डायल गरी सहभागी हुन सकिनेछ ।

अफरपछि रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुट लिन सकिनेछ । ग्राहकहरुले १०० रुपैयाँ रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको ७ दिनका लागि पाउनेछन् । २००, ३०० र ५०० रुपैयाँ रिचार्ज गर्नेले क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।  १ हजार रुपैयाँ रिचार्ज गर्नेले ६० दिनका लागि छुट पाउनेछन् । यो अफरकाे अवधी ९० दिन सम्म रहनेछ ।

 

Logo