काठमाडौं ।
भनिरहनु पर्दैन कि, फिल्ममा अभिनय कलालाई प्रमुख मानिन्छ । तर आम निष्कर्ष छ, धेरै कलाकारहरु अभिनय नै नबुझि जीवन सकाउँछन् । हरेक फिल्ममा हिरो–हिरोइन हुन्छन् । तर उनीहरु अभिनेता वा अभिनेत्री चाहिँ बन्न सकिरहेका हुँदैनन् । आज हामी अभिनयबृत्तका यस्ता धुरन्धर ब्यक्तिको कुरा गर्दछौं, जो नेपाली अभिनेताहरुमा अब्बल मानिन्छन् । अब्बल अभिनेता अर्थात टिका पहारी ।
नेपाली कलाकारहरु देशभित्र संभावना पुष्टि गरेपछी विदेशतिर चिहाउन सुरु गर्छन् । बलिउडका कलाकारहरुको हकमा समेत यही भनाई लागु हुन्छ । केही स्थापित नेपाली कलाकारले बलिउड र हलिउडसम्मको यात्रा तय गरेका छन् । तर, टिका पहारीको यात्रा भने फरक छ । उनी बलिउडवाट सुरु भए । र पछी नेपाल आए । उनले अभिनय कला नै भारतको पुना इन्स्यूच्युटमा सिके । उनी पुना इन्स्युच्युटमा अध्ययन गरिरहँदा उनका समकालीन थिए, अहिलेका प्रसिद्ध बलिउड हस्तीहरु शक्ति कपुर, नसुरुद्दिन शाह, मिथुन चक्रवर्ती आदि ।
बलिउड अध्ययनमा खरो उत्रिए टिका । केही नाटक र फिल्ममा अभिनय गर्ने मौका पनि पाए । उनको संगत नै यस्तो थियो, जसले उनलाई उचाईमा नै धकेलिरहेको थियो । तर बलिउडमा उनको सक्रियताले निरन्तरता पाउन सकेन । एउटा नेपाली फिल्मको सुटिङका लागि काठमाडौं आएका बखत घरायसी समस्या र तनावले उनलाई उता फर्किन दिएन । उनलाई आफ्नै गाउँ नवलपरासीकै बाटो तताउन बाध्य पार्यो समयले ।
टिका बा–आमाका भक्त थिए । त्यसैले आफ्नो करियर र मनभित्रको रहरलाई सहजै तिलाञ्जली दिएर आफ्नै गाऊँ फर्कि गए, बिरामी आमाको हेरविचार र रेखदेख गर्न । क्यान्सर भएकी आमालाई डाक्टरले तीन महिनाको आयुमा सीमित गरिदिएका थिए । आखिर त्यही भयो । उनी टुहुरो भए । दुर्भाग्य त के भयो भने आमाकै जस्तो भयो, उनको बलिउड सपना । उनलाई खेती किसानीले मोहनी लगायो । पोखरी खनाए र माछा पाले, बाख्रा पाले, आफ्नै हातले फसल तयार गरे । उत्पादनमा रमाए । अनि हराए, नेपाली फिल्मवाट । तर यसअघि नै उनले नेपाली चलचित्रको प्रारम्भिक कालमा निर्माण भएका बदलिदो आकाश र शान्तिदीप मार्फत आफ्नो प्रतिभा र परिचय प्रस्तुत गरिसकेका थिए । तर फिल्मले दिएको परिचयलाई मनभित्रै छोपेर आफ्नै पौरखले गरेको उत्पादनमा उनी रम्दै गए । उनको संघर्षपूर्ण जीवनी हेरौं यो भिडियोमा :































प्रतिक्रिया