दक्षिण कोरिया । दक्षिण कोरियास्थित क्यारोल क्याम्पमा रहेका एक अमेरिकी सेनामा कोभिड-१९ को संक्रमण देखिएको छ। २८ हजार अमेरिकी सेना रहेको क्यारोल क्याम्प कोभिड-१९ को संक्रमण बढी रहेको थेगु शहरबाट ३० किलोमिटर उत्तरमा छ।
क्याम्पमा रहेका सैनिकमा कोभिड-१९ संक्रमण देखिएपछि अहिले बाँकी सैनिकलाई पनि जाँच गरिएको छ। त्यसको नतिजा भने बाहिर आएको छैन।
बुधबारसम्म दक्षिण कोरियामा कोभिड-१९ का कारण ११ जनाको मृत्यु भएको छ भने ११ सय मानिस संक्रमित छन्।
चीनमा मात्र कोभिड-१९ बाट २७ सयको मृत्यु भइसकेको छ भने ७८ हजार मानिस संक्रमित छन्।





























प्रतिक्रिया