प्रधानमन्त्रीको केक काण्डबारे सर्वसाधारणको विचार (भिडियोसहित)

प्रधानमन्त्रीको केक काण्डबारे सर्वसाधारणको विचार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो जन्मथलो तेह्रथुम पुगेर जन्मदिन मनाए । विगतमा पनि यस्तै जन्मदिन मनाउँदै आएका प्रधानमन्त्रीको जन्मदिन नयाँ कुरा थिएन र कसैले यसको खासै विरोध गरेको पनि सुनिएको थिएन । बरु अघिल्लो दिनदेखी नै शुभकामना दिनेहरुको लर्को नै लागेको थियो ।

तर यसवर्ष उनले जुन रवाफ र राजसी ठाँटमा जन्मदिन मनाए, त्यसपछि भने सबैले यसको आलोचना गर्न थालेका छन् ।

अझ अनौठो कुरा त के थियो भने उनको जन्मदिनमा काटिएको केकमा नेपालको नक्सा बनाइएको थियो । १५ किलोको केक लिन हेलिकोप्टर नै चार्टर गरिएको थियो । यस सम्बन्धमा हामीले यसपटक सर्वसाधारणको मत लिएका छौं । के भन्छन् त उनीहरु , हेरौं यो भिडियोमा :

 

Logo