काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा काटेको केकप्रति आलोचना गरेका छन् । सोमबार ट्वीट गर्दै नेता रावलले देशलाई नेपालीले आमा मान्ने भएकाले काटेर खान नमिल्ने भन्दै आलोेचना गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्–‘ प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना । यो मनन गर्नु भयो भने उचित हुन्छ, केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अझ समृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन अझ पार्टी निर्णयले झनै मिल्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिनमा १५ केजीको नेपालको नक्सा अंकित बर्थ डे केक काटेका थिए । हेलिकप्टर मार्फत केक लगेर काटेसँगै उनको व्यापक आलोचना गरिएको छ ।































प्रतिक्रिया