सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले मोरंगको कन्चनबारी (राजवंशीचोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु संचालनमा ल्याएको छ । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाल सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

बैंकले थप ४ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गर्दै आएको यस बैंकले प्रदेश नं १ मा १२, प्रदेश नं २ मा ८, बागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा ७, प्रदेश नं ५ मा १३, कर्णाली प्रदेशमा ७ तथा सुदुरपश्चिम प्रदेशमा ७ गरी कुल ९३ वटा शाखा कार्यालयहरुबाट ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

Skip This
Skip This
Logo