फरार अभियुक्त २१ वर्षपछि पक्राउ

फरार अभियुक्त २१ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले वि.सं. २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आइतबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजायँ र दुई हजार जरिवाना तोकिएका लामालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Logo