मातृभाषा कविता वाचन गरेर मनाइयाे ‘अन्तराष्ट्रिय मातृभाषा दिवस’

मातृभाषा कविता वाचन गरेर मनाइयाे ‘अन्तराष्ट्रिय मातृभाषा दिवस’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज अन्तराष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मातृभाषा दिवसकै अवशरमा काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानले विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरि दिनमा कविता महोत्सव आयोजना गरि मनाइएको छ । हरेक वर्षझैं यसवर्ष पनि प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा विभिन्न जातजातीका साँस्कृतिक झाँकी सहित मातृभाषा कविता महोत्सव आयोजना गरि अन्तराष्ट्रिय मातृभाषा दिवस मनाएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकभरका १७ लोपोन्मुख साँस्कृतिक प्रस्तुत गरिएको बताए । त्यसै गरि मातृभाषा कविता महोत्सवमा ४ दर्जन कविता प्रस्तुत गरिएको छ । साँस्कृतिक झाँकीमा नेवार समुदायको धिमेबाजा, राई समुदायको च्याम्ब्रुङ, थारुको सखिया, घलेको सोरठी, सुदुरपश्चिमको देउडा,मगरको हुर्रा, किराँत राईको साकेला, गुरुङ समुदायले बोर्न नाच, तराई समुदायले होरी, याका समुदायले केइलाक्मा, सुदुरपश्चिमकै छलिया, तामाङ समुदायको सेलो, लमजुङको दुरा र सुनुवार, शेर्पा, वान्तवा, धिमाल लगायतका समुदायले आफ्ना झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले १० भन्दा बढी धर्म मान्ने नेपाली र १ सय भन्दा बढी भाषा भाषी रहेको विविधतापूर्ण मुलुकमा सामाजीक सद्भावका विषयलाई राष्ट्रिय एकताको आधार राज्यले मानिरहेको बताए । यहि विविधताबाटै मुलुकको राष्ट्रिय एकता कायम रहेको समेत मन्त्री पोखरेलले बताए । कार्यक्रममा नेपालका लागि बंगलादेशकी राजदुत मस्फी विन्ते साम्सले अन्तराष्ट्रिय मातृभाषा दिवसले मातृभाषा बोल्ने विश्वकै समुदायको भाषाको अधिकार स्थापीत गर्ने बताइन् । त्यस्तै भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मुलुकमा रहेका भाषा संकटमा रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । बसाइँ सराईले पनि भाषा लोप हुँदै गएको तथ्य पत्ता लागेको र मातृभाषाको जागरणका लागि बंगलादेशबाट समेत सिक्न सक्ने बताए । उनले मातृभाषा सँगसँगै अन्तर्राष्ट्रिय भाषामा समेत दख्खल राख्नु पर्ने आजको आवश्यकता रहेको र मातृभाषालाई छाडेर अरु भाषामामात्र केन्द्रित हुने गर्दा आफ्नै मौलिक भाषा लोप हुन थालेकोले भाषाको जगेर्ना गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले मातृभाषामा शिक्षाको लागि सरकारले व्यवस्था गरे पनि विद्यालयहरुमा प्रभावकारीरुपमा कार्यान्वयन नभएको बताए । उनले एकाध बाहेक मातृभाषाका विद्यालय न्युन रहेकाले मातृभाषा विद्यालयलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याए । सन् २००० देखि संयूक्त राष्ट्रसँघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसास्कृतीक जनसंख्या र तिनको भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तराष्ट्रिय मातृभाषा दिवस मनाउने निर्णय गरेसँगै सम्पूर्ण सदस्य राष्ट्रहरुमा यो दिवस मनाइदै आएको छ ।

Logo