अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी निर्वाचित

अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काबुल ।

करिब पाँच महिना अघि अफगानिस्तानमा भएको निर्वाचनमा राष्ट्रपति अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएको घोषणा गरिएको छ । उनलाई विजेता घोषणा गरिएपछि अफगानिस्तानमा पुनः नयाँ संकट सिर्जना हुनसक्ने अनुमान गरिएको छ । यो निर्वाचनमा धाँधली भएको पहिलेदेखि नैं आरोप लाग्दै आएको थियो ।

तालिबानसँग शान्ति सम्झौताका लागि कोशिस भइरहेका बेला निर्वाचनको परिणाम घोषणा गरिएको हो । अफगानिस्तानमा गत वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो । सन् २००१ मा अमेरिकी सैनिकको बलमा तालिबानलाई सत्ताबाट हटाएपछि भएको यो चौथो निर्वाचन हो । जसमा मतदानमा व्यापक धाँधली भएको आरोप लागेको थियो । मतदानका क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या आएको थियो । यसका साथै केही अनियमितता भएको समेत आरोप थियो ।

अफगानिस्तानको स्वतन्त्रत निर्वाचन आयोगले असरफ घानीले ५०.६४ प्रतिशत मत ल्याएको र प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९.५२ प्रतिशत मत ल्याएको घोषणा गरेको थियो । निर्वाचन परिणाम घोषणा गर्दै आयोगले घानी सामान्य मतान्तरमा बिजयी भएको बताएको थियो ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) ले राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा गरेको केही घण्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सीइओ) अब्दुल्ला अब्दुल्लाले उक्त चुनावी नतिजा अस्वीकार गरेको घोषणा गरेका छन् । उनले आफूले जीत हासिल गरेको दाबी गर्दै सबै पक्षको सहभागितामा ‘समावेशी सरकार’ गठन गर्ने बताएका छन् ।

आइइसीले घोषणा गरेको अन्तिम नतिजामा वर्तमान राष्ट्रपति अशरफ घानीले सबैभन्दा बढी मत प्राप्त गरेको उल्लेख छ । कूल खसेको मतको ५०.६४ प्रतिशत मत घानीले प्राप्त गरेको टोलो समाचार समितिले जनाएको छ । अब्दुल्ला अब्दुल्लाले भने ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् । एजेन्सी

Logo