‘संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन हुँदैन’ : कांग्रेस नेता कोइराला

‘संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन हुँदैन’ : कांग्रेस नेता कोइराला

केन्द्रबिन्दु
0
Shares

उदयपुर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिका जस्ता संवैधानिक अंगहरुमा सरकारको छायाँ देखिन नहुने बताएका छन् ।

कोइरालाले नेपाली कांग्रेसका ईकाइ सभापतिहरुको क्षमता अभिबृद्धिका लागि आयोजित तीन दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको बुधवार गाईघाटमा उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कोइरालाले दलीय भागवण्डाका आधारमा संबैधानिक अङ्गमा नियुक्ति गरिने परिपाटीले त्यस्तो छायाँ देखिने गरेको बताए ।

उनले सरकार आवधिक र परिवर्तन भइ रहने तर संबैधानिक अंगहरु मुलुकका स्थिर अंग भएकाले न्याय सम्पादन वा अनुसन्धानका कामहरुलाई अन्तराष्ट्रिय जगतले समेत हेरीरहेको हुँदा राज्यका यस्ता स्थिर जिम्मेवार निकायहरुबाट गरिने कामहरु सरकारी छायाँमा परे जस्तो गरी कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका नभई निष्पक्ष, स्वतन्त्र र न्यायोचित हुनु पर्नेमा जोड दिए ।

पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफू सधैं सत्यवादी भएको र सत्यको सधैं जित हुने हुँदा आगामी महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णय समेत नेतृत्वले उल्टाउदै हिंडेको गुनासो गरे । विधि विधान विपरित स्वेच्छाचारी भएर वडा सभापतिदेखि केन्द्रिय सभापतिसम्मलाई विधान विपरित चल्ने छुट कहिं कतै नभएको समेत उनको भनाई थियो ।

केन्द्रिय सदस्य कोईरालाले नेपाली कांग्रेसका नेताहरुले विगतमा केन्द्रमा बसेर चरम गुटबन्दी चलाएका कारण अहिले गाउँ र जिल्ला तहका कार्यकर्तालाई समेत गुट उपगुटमा बिभाजित पार्दै लगेकाले गुटबन्दीको दलदलबाट सिंङ्गो पार्टीलाई अवतरण गर्न अहिलेको नेतृत्वबाट सम्भव नभएको हुँदा आफू नेतृत्व परिवर्तनको पक्षमा खरो रुपमा उत्रिएको पनि बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo