काठमाडौं । चन्द्रागिरी हिल्सको आज शुक्रबारबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।
बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।































प्रतिक्रिया