काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् ।
संचार माध्यमको भूमिका र संचार माध्यममा आएका समाचारप्रति सधै असन्तुष्टि जनाउदै आएका प्रधानमन्त्रीले सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा पनि संञ्चार माध्यमले दिने गरेको प्राथमिकताको विषयमा गुनासो गर्न विर्सिएनन् ।
काठमाडांै उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्रीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि बाँसुरी नै बजाएको समाचार दिने बताए । ओलीले आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि गरेका छन् ।
उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए । सरकार देश विकासमा अघि बढीरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनको थियो । आफूले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे ।
उनले सरकारको विकास निर्माण र शुसासनका काम देखेर खुसी हुनुपर्नेमा पीर किन परेको ? भनी प्रश्न गरे । उनले काठमाडांै उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातीमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नयाँ प्रविधिको प्रयोग मार्फत विकास र सेवाका लागि सर्मपित हुदै गएको भन्दै आईतबार आफूले झापामा गरेको पुल ,बाटोको उद्घाटन तथा सिलान्यासको फेयरिस्त पनि प्रस्तुत गरेका थिए ।































प्रतिक्रिया