एम्बुलेन्समा किन उल्टो अक्षरले ‘एम्बुलेन्स’ लेखिन्छ ? जेसिबीहरू किन प्राय पहेंलो हुन्छ ?
यो धेरैको जिज्ञासा हो । एम्बुलेन्समा उल्टो लेख्नुको कारण भनेको अघिल्लो सवारीसाधनका चालकले स्पष्ट पढ्न सकोस् भनेर हो । अगाडिको सवारी चालकले पछाडिको सवारीमा लेखिएका सुल्टो अक्षरहरू ‘साइड लाइट’मा उल्टो देख्छन् । त्यसैले पनि एम्बुलेन्स आएको जानकारी दिनका लागि पनि उल्टो अक्षरमा ‘एम्बुलेन्स’ लेख्ने गरिएको हो ।
त्यस्तै हामीले डोजर, एस्क्याभेटरलगायत प्राय पहेंलो रंगमा देख्छौं । यसको बारेमा थाहा पाउन अलिकति इतिहासतर्फ जानुपर्ने हुन्छ । निर्माण उपकरण निर्माता कम्पनी हो जेसीबी । यसका आविष्कारक तथा संस्थापक जोसेफ सायरिल बमफोर्ड हुन् । उनले कम्पनीको उपयुक्त मनपर्ने नाम जुराउन नसकेपछि आफ्नै नामको सर्टकट नाम राखेका थिए ।
यो कम्पनीले सन् १९४५ मा आफ्नो पहिलो उत्पादन सार्वजनिक गरेको थियो । यसका उत्पादन प्लान्टहरु विश्वका चारवटा महादेशका विभिन्न देशहरुमा रहेका छन् ।

सुरुवातमा जेसीबी मेसिनहरु सेतो रङका हुने गर्दथे। तर पछि यसको रङ पहेँलो बनाइयो। जेसीबीको रङ पहेँलो बनाउनुमा कम्पनीको वैज्ञानिक तर्क छ । मेसिनको रङ पहेँलो हुँदा निर्माण तथा उत्खनन स्थलमा यो मेसिन टाढैबाट प्रष्ट देखिने हुन्छ । यसले हिँडडुल गर्ने तथा अन्य मानिसलाई समेत जानकारी प्राप्त भई सतर्क हुन सहयोग पुग्ने कम्पनीको तर्क छ ।































प्रतिक्रिया