अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन् । रिश्माले प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्माले सन्दिपसँग शुक्रबार पोखरामा लगनगाँठो कसेकी हुन् । दुलहा र दुलही पक्षका परिवारको उपस्थितिमा उनीहरुको विवाह सम्पन्न भएको बताइएको छ ।
रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । उनले चलचित्र ‘झुम्की’मा पनि अभिनय गरेकी थिइन् ।































प्रतिक्रिया