भक्तपुरमा अन्तर्राष्ट्रिय रग्बी रंगशाला बन्दै

भक्तपुरमा अन्तर्राष्ट्रिय रग्बी रंगशाला बन्दै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

दुई अर्ब ४० करोड रुपै‌याँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ ।

बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणासहित निर्माण थालिएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो ।

४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो । स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ ।

Skip This
Skip This
Logo