“राति सुतेको बेला पनि हैरानी गर्नेलाई दनक नदिएर के दिने ?”- सञ्चारमन्त्री

“राति सुतेको बेला पनि हैरानी गर्नेलाई दनक नदिएर के दिने ?”- सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने बताएका छन् । सूचना प्रविधि विधेयकको गलत प्रचार भइरहेको बताउँदै उनले भने, “हैरानी गर्न पाइन्छ । कस्ता कल्चर हो यो ? कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे त ठिकै छ । अंगालो मारे पनि राम्रै हो । अर्कासित हैरानी गर्ने । राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने ?’

प्रभुपे क्यान इन्फोटक २०२० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताएका हुन् । विधेयक पारित नभए डिजिटल कारोबारले पनि बैधता नपाउने उनले बताए । यससंगै मन्त्री  वास्कोटाले विद्युतीय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुले कसैले नहेर्ने गरेको आरोप लगाए ।

विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै उनले भने, “एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने ?’

कम्प्युटर एसोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको क्यान इन्फोटेक मेलामा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् । मेला ७ गतेसम्म सञ्चालन हुने छ ।

Skip This
Skip This
Logo