कोरोनाबाट जापानमा पनि एक जनाको मृत्यु

कोरोनाबाट जापानमा पनि एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जापानमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित एक जना महिलाको ज्यान गएको बताइएको छ । उनको उमेर ८० वर्षको रहेको छ । उनी जापानमा यस रोगबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

जनवरीमा ती महिला बिरामी परेकी थिइन् । पछि उनमा निमोनियाको लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अर्को अस्पतालमा स्थान्तरण गरिए पनि ज्यान जोगाउन सकिएन ।

जापानमा अहिलेसम्म २५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसकै कारण ज्यान गुमाउनेको संख्या चीनमा मात्र १ हजार ४८३ पुगिसकेको छ ।

Logo