मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा छुटे

मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा छुटे

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आफैं पुगेका उनलाई प्रशासनले साधारण तारेखमा छोडेको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए। त्यस लगत्तै फरार रहेका प्रसाईं आज आफैं प्रशासन कार्यालय पुगेपछि उनलाई साधारण तारेखमा छोडिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

बी एण्ड सी अस्पताल झापाका सञ्चालक प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा मुद्दा चलाइएको थियो ।

Skip This
Skip This
Logo