काठमाडौं । पशुपति क्षेत्रमा नेपाल स्काउटले महाशिवरात्रीकाे भिड व्यवस्थापन गर्न एक हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ ।
उपत्यकामा रहेका रोभर रेन्जर र स्काउट मास्टरलाई पशुपति क्षेत्रमा शिवरात्रीमा भिड व्यवस्थापन र दर्शनार्थीलाई सहज ढंगबाट पशुपतिको दर्शन गर्ने वातावरण सिर्जना गर्न यसपटकबाट केन्द्रले नेतृत्व गर्ने स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बताए ।
पशुपति क्षेत्र विकास कोषको विशेष आग्रहमा नेपाल स्काउट केन्द्रले व्यवस्थापन गर्न लागिएको र नेपाल स्काउटले १६ वर्ष माथिका स्काउटहरूलाई मात्र सहभागी गराउन लागिएको भण्डारीले बताए ।आज नेपाल स्काउटको सभाहलमा भएको कार्यक्रममा उपत्यकाका विभिन्न क्र्यु र जिल्लाको पदाधिकारीको तयारी भेलाले स्काउट परिचालन गर्ने निर्णय गरेको हो ।































प्रतिक्रिया